एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ बन्द हुने, ग्राहकलाई यस्तो छ सूचना

२१ आश्विन २०८३, बुधबार १७:३८

बैंकका अनुसार हाल सञ्चालनमा रहेको आईटच इन्टरनेट बैंकिङ सेवा उक्त मितिदेखि पूर्णरूपमा निष्क्रिय गरिनेछ। त्यसअघि विद्यमान ग्राहकलाई बैंकले उपलब्ध गराएको अवधिभित्र वैकल्पिक बैंकिङ सेवामा स्थानान्तरण हुन अनुरोध गरिएको छ।

बैंकले ग्राहकलाई ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवामा दर्ता भई सेवा सञ्चालन गर्न आग्रह गरेको छ। विद्यमान ग्राहकलाई ओएमएनआई सेवामा स्थानान्तरण हुन २०८३ साल पुस ३० गतेसम्मको समय उपलब्ध गराइएको बैंकले जनाएको छ।

यसैगरी, आईटच इन्टरनेट बैंकिङ सेवामा नयाँ दर्ता तथा नवीकरणको कार्यसमेत पूर्णरूपमा बन्द रहने बैंकले स्पष्ट पारेको छ।

ओएमएनआई सेवामा दर्ता तथा सेवा सक्रिय गर्न बैंकको आधिकारिक सेवामार्फत प्रक्रिया पूरा गर्न सकिनेछ। त्यसका लागि बैंकको इ–सेवा पोर्टलमा गएर दर्ता गर्न सकिनेछ। साथै, ग्राहकले नजिकैको एनआईसी एशिया बैंकको शाखामा सम्पर्क गरी पनि ओएमएनआई सेवा सञ्चालन गर्न सक्नेछन्।

बैंकले २०८३ माघ १ गतेपछि आईटच इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा निष्क्रिय हुने भएकाले त्यसअघि नै ओएमएनआई सेवामा स्थानान्तरण भई बैंकिङ सेवा निरन्तर प्रयोग गर्न सम्पूर्ण ग्राहकलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*