नेपाल फाइनान्सको २ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२२ आश्विन २०८३, बिहीबार ०८:१३

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो।

कम्पनीले कायम संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मिति (असोज २२ गते) ले ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। निवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्यसमेत खुलाउनुपर्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्रीमा हाल कायम संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

तोकिएको ३५ दिनभित्र कुनै संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनअनुसार अन्य इच्छुक व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*