कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२२ आश्विन २०८३, बिहीबार ०८:१८

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न चाहेको र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुलाइएको हो।

बैंकले इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मिति (असोज २२ गते) ले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा पुग्ने गरी दिनुपर्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइएको थियो। तर तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेपछि बाह्य खरिदकर्ताका लागि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ। बिक्रीमा राखिएको शेयरको मूल्य भने सम्बन्धित विक्रेताले तोकेअनुसार हुने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*