बीमा कसुरमा २० जना विरुद्ध अर्को मुद्दा, हेरौं अभियोगपत्र

२२ आश्विन २०८३, बिहीबार १९:००

काठमाडौं । सरकारले बीमा कसुरमा २० जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र अनुसार दीपक भट्ट, शेखर गोल्छा तथा नेपाल बीमा प्राधिरकणका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवाल समेत रहेका छन् ।

छानविन प्रतिवेदन र शंकास्पद वित्तीय कारोबार (पाना ४ – ७)
घ. नेपाल बीमा प्राधिकरणबाट प्राप्त छानविन प्रतिवेदनको व्यहोरा (मिति: २०८३/०२/०७):
    • बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा.लि.बीच भएको Reinsurance Brokering Service Agreement बमोजिम Technical and Logistic Support का लागि एलियण्ट इन्स्योरेन्स ब्रोकर प्रा. लि. ले विभिन्न मितिमा लिएको पेश्की दुरुपयोग तथा व्यवसायसँग असम्बन्धित अन्य कारोबार गरी हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई हानी नोक्सानी पुर्‍याई एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा.लि. का शेयरधनीलाई लाभ पुर्‍याउने गरी कार्य गरेको देखिँदा सो कार्य बीमा ऐन, २०७९ को दफा १४० अन्तर्गतको कसुरजन्य कार्य देखिन्छ।
    • हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एलिण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि. मार्फत जीवन बीमा कम्पनीहरुबाट व्यवसाय प्राप्त गरेको भनी रु. २३,९२,०५,०६४/०१ ब्रोकेज रकम खर्च लेखांकन गरेको पाइयो। यस सम्बन्धमा जीवन बीमा कम्पनीहरुले एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि. सँग सम्झौता वा कारोबार नगरेको भनी जानकारी उपलव्ध गराएको हुँदा उक्त ब्रोकर कम्पनी र पुनर्बिमा कम्पनीले ब्रोकेज शीर्षकमा गरेको लेनादेना कारोबार गैर कानुनी देखिन्छ।
    • प्रतिवेदनमा एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि. ले विभिन्न व्यक्ति तथा संस्थासँग शंकास्पद कारोबार गरेको हुँदा उक्त कम्पनी Special Purpose Vehicle को रुपमा प्रयोग भएको हुन सक्ने देखिएको छ।
    • प्राविधिक प्रतिवेदन अनुसार सन् ०१/१२/२०२३ मा भौचर नं. JV79800000003195 बाट हिमालयन रिइन्स्योरेन्सले एलियण्टलाई दिएको रकममध्येको रु. १३,३४,६२,६८१।१४ भौचरको कैफियतमा “Advance settlement against Brokerage exp. for life business FY 2079/80 (17.09.2022 – 16.07.2023)” भनी समायोजन गरेको र सोही भौचरमा “All life insurance case approved by ED Manish Kumar” उल्लेख भएको देखिन्छ। यसै गरी सन् २०२४/०७/१५ मा रु. १०,५७,४२,३८२।८६ रकम समायोजन गरेको देखिन्छ।

हेरौं अभियोग पत्रमा के छ ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*