यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

२३ आश्विन २०८३, शुक्रबार ०७:४६

काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन घिउ सिमी १०० रुपैयाँ, परवर ९० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली ३०० रुपैयाँ, पार्सले २८०० रुपैयाँ र सिताके च्याउ १००० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*