भोटेकोशी बाढीमा नेपाल लाइफ इन्स्योरेन्सका तीन अभिकर्ताको मृत्यु

२० आश्विन २०८३, मंगलवार १६:१७

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नुवाकोट शाखामा अभिकर्ताका रूपमा कार्यरत तीन जनाको बाढीमा परी मृत्यु भएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी नेपाल लाइफका अभिकर्ता निर्मला श्रेष्ठ, बसन गुरुङ र इन्द्रप्रसाद भट्टको ज्यान गएको हो ।

तीनै जनाको निधनप्रति पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति तथा नेपाल लाइफ परिवारले दुःख व्यक्त गरेको छ । संस्थाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति संस्थाले हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*