दशैंका लागि टिकटको अग्रिम बुकिङ खुला, रातिदेखि बसपार्कमा यात्रुको लाइन

२३ आश्विन २०८३, शुक्रबार ०८:२९

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले आज असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ।

देशभर लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। अग्रिम बुकिङ खुला भएसँगै काठमाडौंका बसपार्कहरुमा राति नै देखि यात्रुहरुको लाइन लाग्न शुरु भएको छ।

दसैँ, तिहार तथा छठका समयमा ठूलो संख्यामा यात्रु उपत्यकाबाट विभिन्न जिल्ला जाने भएकाले यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको हो। घटस्थापनाका दिनदेखि देशभर रुट परमिट खुला गरिने सरकारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*