बूढीगण्डकीको बाढी: कति घरमा भयो क्षति ?

२५ आश्विन २०८३, आईतवार ०७:५६

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो ।

आइतबार बिहान करिब ४ बजे तिर ती गाउँमा बाढी पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका थिए ।

चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*