त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, उडान–अवतरण बन्द

४ कार्तिक २०८३, बुधबार ०८:१४

काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको छ।

आज बिहान अवतरणका क्रममा विमानमा चरा ठोक्किएको हो। विमानस्थल सुरक्षा स्रोतका अनुसार घटनाबाट विमानमा कुनै क्षति भएको छैन र अवस्था सामान्य रहेको छ।

तर, विमानमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सेवा रोकिएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*