ढल्केवरमा ट्रमा सेन्टर निर्माण छिट्टै सुरु हुन्छः स्वास्थ्यमन्त्री

८ कार्तिक २०८३, आईतवार १६:०६

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्।

उनले ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेकाले निर्माण हुनेमा शङ्का नगर्न आग्रह गरेकी हुन्।

आइतबार निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्।

उनका अनुसार टेन्डर प्रक्रिया चाँडै पूरा गरी भवन निर्माणको काम अघि बढाइनेछ। निरीक्षणपछि उनले निर्माणस्थल उपयुक्त रहेको पनि बताइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*