राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द

८ कार्तिक २०८३, आईतवार १६:१४

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ।

नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेका बेला सरकारी सर्भरमा प्राविधिक अवरोध उत्पन्न भएपछि स्वास्थ्य बीमा सेवा बन्द गर्नुपरेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका सहनिर्देशक डा. निरोज खनालद्वारा जारी सूचनाअनुसार सरकारी सर्भर तथा प्रणाली प्रभावित हुँदा स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत समस्या आएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*