सप्तकोशीमा जेट बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु

८ कार्तिक २०८३, आईतवार १७:३३

काठमाडौं । सप्तकोशी नदीमा जेट बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेट बोट दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनाका बेला बोटमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक जानकारीअनुसार बोटको इन्जिन बन्द भएपछि तीव्र बहावले बोटलाई नदी किनारको भित्तामा ठोक्काउँदा दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली खोजी तथा उद्धारमा खटिएको छ। नदीमा डुबेका तथा बेपत्ता भएका यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नदीको बहावले शव तथा बेपत्ता यात्रुलाई चतरा र बराहक्षेत्र आसपाससम्म बगाएर ल्याउन सक्ने भएकाले ती क्षेत्रमा पनि प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार दुर्घटना अरुण नदी र सप्तकोशीको सङ्गमस्थल नजिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बोटमा सवार यात्रुको सङ्ख्या र बेपत्ताको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*