बीमा दाबी भुक्तानीमा आक्रामक बन्दै आइएमई लाइफ, एक महिनामै बाँड्यो ५ करोड ८३ लाख

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा कुल ५ करोड ८३ लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार असोज २०८३ मा विभिन्न प्रकारका बीमालेखअन्तर्गत १६२ वटा दाबीको भुक्तानी गरेको हो।
कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कन्भेन्सनल बीमालेखअन्तर्गत ३१ वटा दाबीको भुक्तानी गरेको छ। यसबापत कम्पनीले २ करोड १ लाख ४७ हजार ७३९ रुपैयाँ ८४ पैसा भुक्तानी गरेको छ।
त्यस्तै, वैदेशिक रोजगार बीमालेखअन्तर्गत १६ वटा दाबीको भुक्तानी गरिएको छ। यस शीर्षकमा कम्पनीले १ करोड ८७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी, लघु म्यादी बीमालेखअन्तर्गत सबैभन्दा धेरै ११५ वटा दाबीको भुक्तानी भएको छ। कम्पनीले यस शीर्षकमा १ करोड ९४ लाख ४९ हजार ९८५ रुपैयाँ ६८ पैसा भुक्तानी गरेको छ।











