चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी

९ कार्तिक २०८३, सोमबार १८:०५

काठमाडौं । नेकपा ९एमाले०की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । उनी चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर स्वदेश फर्किएकी हुन् ।

अक्टोबर २३ देखि २५ सम्म सञ्चालन भएको उक्त फोरमलाई भण्डारीले सम्बोधन गरेकी थिइन् । चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स ९सीपीआईएफए०ले आयोजना गरेको सम्मेलनमा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए ।

सम्मेलनमा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र कृत्रिम बुद्धिमत्ता ९एआई०को सुरक्षित प्रयोगलगायत विषयमा छलफल भएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफ्नो चीन भ्रमणको मुख्य उद्देश्य सम्मेलनमा सहभागी हुनु रहेको बताइन् ।

‘सबै कुरा सञ्चारमाध्यममा आइसकेको छ । यो भ्रमणभन्दा पनि जीजीआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ,’ उनले भनिन् ।

एमालेको वरिष्ठ नेताको भूमिकामा आएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । उनको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*