सरकारले ६ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब उठाउँदै, कात्तिक ११ मा बोलकबोल

१० कार्तिक २०८३, मंगलवार ०९:२२

काठमाडौं । सरकारले आन्तरिक बजारबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गरेर उक्त रकम संकलन गर्न लागेको हो।

कार्यालयका अनुसार ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८९’ बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिदका लागि कात्तिक ११ गते बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ भने कात्तिक १२ गते निष्कासन गरिनेछ।

उक्त ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्। बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकले समेत यस ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*