चाबहिल, गौशालासहित काठमाडौंका विभिन्न क्षेत्रमा आज ३ घण्टा विद्युत् अवरुद्ध हुने

१७ कार्तिक २०८३, मंगलवार ०७:४२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

विद्युत् अवरुद्ध हुँदा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने आसपासका क्षेत्र प्रभावित हुनेछन्।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार पुनः सञ्चालन गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*