११ वर्षदेखि अलपत्र सुखानी खोला पुलको ठेक्का रद्द, कारबाही प्रक्रिया अघि बढाइयो

१७ कार्तिक २०८३, मंगलवार ०८:४९

काठमाडौं । इलामको सुखानी खोलामा मोटरेबल पुल निर्माणको ठेक्का लिएर ११ वर्षभन्दा बढी समयदेखि काम अलपत्र छाड्ने निर्माण व्यवसायीसँगको सम्झौता सडक डिभिजन कार्यालय इलामले रद्द गरेको छ ।

सडक डिभिजन कार्यालय इलामले काठमाडौंको नयाँ बानेश्वरस्थित ‘स्काई–अजम्बर–शिवराम जे.भी.’सँगको ठेक्का तोड्दै थप कारबाही प्रक्रिया अघि बढाएको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बुढी सुखानी–लोदिया–च्यामे सडक खण्डअन्तर्गत सुखानी खोलामा निर्माण गर्नुपर्ने आरसीसी पुलको ठेक्का अन्त्य गरिएको जनाएको छ ।

लामो समयसम्म पुल निर्माण सम्पन्न नगरी आयोजना अलपत्र पारेपछि कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*