५ करोड घाटाबाट २ करोड नाफामा उक्लियो बेस्ट फाइनान्स, खराब कर्जा पनि घट्यो

१७ कार्तिक २०८३, मंगलवार ०९:०२

काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २ करोड १४ लाख ३२ हजार रुपैयाँ पुगेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनी ५ करोड ४७ लाख १७ हजार रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ६८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड २२ लाख ६ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी ४५.५६ प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको खुद शुल्क तथा कमिसन आम्दानी ४२ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ लाख ९ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ५ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ करोड २१ लाख ३० हजार रुपैयाँ थियो । यस अवधिमा कुल सञ्चालन आम्दानी २९.३७ प्रतिशतले बढेको छ ।

कम्पनीको कर्जा तथा अन्य नोक्सानी व्यवस्थामा २ करोड १४ लाख ६७ हजार रुपैयाँ फिर्ता भएको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा ५ करोड २१ लाख ६१ हजार रुपैयाँ खर्च भएको थियो । नोक्सानी व्यवस्थामा भएको सुधारले कम्पनीको सञ्चालन नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ५ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ८४ लाख ७९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । त्यस्तै, करअघिको नाफा ३ करोड ६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा ९१ लाख ८५ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ । त्यसपछि खुद नाफा २ करोड १४ लाख ३२ हजार रुपैयाँ कायम भएको हो ।

नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ९ रुपैयाँ ६३ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जामा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १०.१९ प्रतिशत रहेको कुल खराब कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९.३० प्रतिशतमा झरेको छ ।

असोज मसान्तसम्म कम्पनीको निक्षेप ६ अर्ब ४३ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ६ अर्ब ३० करोड ८९ लाख रुपैयाँ थियो । त्यस्तै, कर्जा तथा सापटी ४ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कर्जा तथा सापटी ४ अर्ब १८ करोड ३५ लाख रुपैयाँ थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*