लिबर्टी माइक्रो लाइफद्वारा अभिकर्ताहरूका लागि विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

८ मंसिर २०८३, मंगलवार १७:१३

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा लुम्बिनी तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखामा आबद्ध ऊर्जाशील अभिकर्ताहरूका लागि विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अभिकर्ताहरूको क्षमता अभिवृद्धि, कार्यदक्षता विकास तथा बीमासम्बन्धी ज्ञान विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिग्विजय सिङ्घल, बजार विभाग प्रमुख अशोक कुँवर, दाबी विभाग प्रमुख गोविन्द रेग्मी, क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौड्याल, लुम्बिनी प्रदेश प्रमुख अजयकुमार सिंहलगायत विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बीमा बजारको सम्भावना, प्रभावकारी बजार विस्तार, ग्राहक सेवाको गुणस्तर तथा अभिकर्ताको भूमिकालगायत विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिएको थियो।

कम्पनीले सबल र सुरक्षित भविष्य निर्माणका लागि बीमा चेतना विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। बीमाको पहुँच गाउँ–गाउँ र घर–घरसम्म पुर्‍याउने लक्ष्यसहित अभिकर्ताहरूको क्षमता विकास र परिचालनलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*