सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले दुर्घटना तथा विपद्का घाइतेलाई समयमै उपचार उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति अघि सारेको छ।
राष्ट्रिय ट्रमा सेन्टरको १३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको योजना रहेको बताएकी हुन्।
उनले दुर्घटना तथा विपदमा घाइते भएकाहरूलाई समयमै गुणस्तरीय उपचार दिन अस्पताल पुग्नुअघिको आकस्मिक सेवा, एम्बुलेन्स प्रणाली, दक्ष स्वास्थ्यकर्मी र पुनस्र्थापना सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
मन्त्री मेहताले राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र पूर्वाधार सुधारका विषयमा मन्त्रालय सकारात्मक रहेको बताइन्। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी समय सेवा गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।











