निर्वाचन आयोगले भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने

१४ मंसिर २०८०, बिहीबार ०७:२९

काठमाडौं । निर्वाचन आयोगले जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरिएको छ ।

आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*