काठमाडौंका केही क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आज (मंसिर १४ गते) विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकू सबस्टेसनबाट आपूर्ति भईरहेको केही फिडरहरुमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।
प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टकेश्वर, डल्लु, विजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास तथा जनसेवा मार्गमा विद्युत अवरुद्ध हुनेछ ।
त्यस्तै, काराखुशी, कालिमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्क क्याम्पस, चागल र कलश अपार्टमेन्टमा पनि विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । साथै, निर्धारित समयअघि नै काम सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने सूचनामा उल्लेख गरिएको छ ।













