सोल्टी होटलको बुक क्लोजको मिति तय

१४ मंसिर २०८०, बिहीबार ११:३९

काठमाडौं । सोल्टी होटलको बुक क्लोजको मिति तय भएको छ । होटलले पुस २६ गते ४९ औं बार्षिक साधारण सभा गर्ने भएपछि सोको प्रयोजनका लागि बुक क्लोज गर्न लागिएको हो ।

होटलले सभा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सम प्रेक्षालय कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जनाएको छ । सोको प्रयोजनका लागि होटलले पुस ५ गतेदेखि पुस २६ गतेसम्म २२ दिनका लागि बुक क्लोज गर्ने जनाएको हो ।

होटलले सभामा भौतिक तथा अभौतिक (भर्चुअल भिडियो कन्फेरेन्स) दुबै माध्यमबाट उपस्थिति जनाउन सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*