लगातार बढेको सुनको मूल्यमा गिरावट

१५ मंसिर २०८०, शुक्रबार ११:३४

काठमाडौं । लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज शुक्रबार गिरावट आएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कायम भएको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कायम हुन पुगेको छ ।

बिहीबार सुनको भाउ स्थिर रहेको थियो । सो दिन सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कायम रहेर कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ५४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ५२० रुपैयाँमा स्थिर रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*