कोरियाले उत्पादनमूलक क्षेत्रमा झण्डै १६ हजार बढी नेपाली कामदार लैजाने (सूचनासहित)
१९ मंसिर २०८०, मंगलवार ११:५४

काठमाडौं । दक्षिण कोरियाले १६ हजार बढी नेपाली कामदारको माग गरेको छ । नेपाल सरकार र कोरियाबीच भएको सम्झौता अनुसार ईपीएस अन्तर्गत १५ हजार ८ सय ४८ जना कामदार लैजाने तयारी भएको हो ।
कोरियाले उक्त संख्यामा कामदार उत्पादनमूलक क्षेत्रका लागि माग गरेको ईपीएस कोरीया शाखाले जनाएको छ । जसअन्तर्गत शाखाले भाषा परीक्षमा सहभागि हुन आवेदन आह्वान गरेको हो । यसमा पुस २ देखि ६ गतेसम्म आवेदन दिन सकिन्छ ।
भाषा परीक्षामा उच्च अंक ल्याउनेहरु मध्यले मात्र सीप परीक्षणमा समावेश हुन पाउने शाखाले जनाएको छ । सीप परीक्षणमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सकिने जनाइएको छ ।
सूचनाः














