दुई दिनमै ३२ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

२० मंसिर २०८०, बुधबार ११:१३

काठमाडौं । केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा दुई दिनमै ३२ सयको गिरावट आएको छ । अघिल्लो दिन तोलामा २४ सयले घटेको सुनको आज बुधबार पुनः ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ४०० र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँ प्रतितोला कायम भएको छ । कारोबारको अघिल्लो दिन मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज पुनः प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*