डिसहोमले विजेतालाई प्रदान गर्यो पुरस्कार

२१ मंसिर २०८०, बिहीबार ०९:४७

काठमाडौं । डिसहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेता बैतडीका प्रताप सिंह थापालाइलाई पुरस्कार प्रदान गरेको छ ।

स्थानिय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले पुरस्कार बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य वहादुर थापा, सदस्य रज वहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव वहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

डिसहोमले दशैँ तिहारलाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको थियो । यस योजनामा ग्राहकहरुले उत्साहजनक सहभागिता जनाएको डिसहोमले बताएको छ । । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने र यसबाट ग्राहकहरुले लाभ उठाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*