दुई सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ मंसिर २०८०, बिहीबार ११:१६

काठमाडौं । साताको पाचौं दिन सुनको भाउ बढेको छ । बिहीबार सुनको भाउ प्रतितोला २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन १ लाख १८ हजार ४०० र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँ प्रतितोला कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउभने घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*