त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित दुई जना पक्राउ
२२ मंसिर २०८०, शुक्रबार ०६:४१

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् ।
चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन सोधपुछका क्रममा मिन बहादुरको भएको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख पाण्डेले जानकारी दिए ।












