माछापुच्छ्रे सेक्युरिटीजको सुरुवात

२२ मंसिर २०८०, शुक्रबार ०७:४३

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको सुरुवात भएको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त सेक्युरिटीजको उद्घाटन गरेका हुन् । काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी सेक्युरिटीजले औपचारिक रुपमा कार्य थालनी गरेको हो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटीजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटीजले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरुको पूर्ण परिपालना हुने गरी व्यवसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटीजले आफूलाई उभ्याउन सकोस् भन्ने धारणा व्यक्त गरे ।

यो सेक्युरिटिजमा माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*