काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून

२७ मंसिर २०८०, बुधबार १०:१९

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस पुगेको छ ।हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र अझै तापक्रम घटेर जाडो बढ्ने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद सरोज पुडासैनीका अनुसार आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको हो । उनले भने, ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ, तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’

आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू(भागमा आंशिक बदली रही तराई भू(भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*