एकैदिनमा २८ सयले महंगियो सुन, तोलाको कति?
२८ मंसिर २०८०, बिहीबार ११:१८

काठमाडौं । साता कारोबारको पाँचौ दिन सुनको मूल्य उच्च अंकले बढेको छ। बिहीबार सुन प्रतितोला २८ सयले महंगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको छ। कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन १ लाख १६ हजार र तेजावी सुन १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यपनि प्रतितोला ५५ रुपैयाँले महंगिएको छ। बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कायम भएको चाँदी बिहीबार १ हजार ४५५ रुपैयाँमा कायम भएको हो ।












