त्रिभुवन विमानस्थल बिक्री गर्दै पर्यटन मन्त्री सुदन किराँती !, माफियाको सेटिङमा फस्दै

२९ मंसिर २०८०, शुक्रबार ०७:१०

काठमाडौं । तस्कर र माफियाँसँग मिलेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती काठमाडौंस्थित त्रिभुवन विमानस्थल नै बिक्री गरिदिने तयारी अघि बढाएका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको गतिलो आम्दानी भइरहेको ग्राउण्ड ह्याण्डलिङ खोसेर निजि कम्पनी दिपक मलहोत्रालाई दिने प्रक्रिया अघि बढाइसकेका छन् । अब उनले विमानस्थल नै बिक्री गर्ने अर्को खतरनाक प्रक्रियाको लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव माग गरेका छन् ।

उनले त्रिवि विमानस्थल भाडामा दिँदा कस्तो होला भन्दै सुझाव मागेका छन् । राष्ट्रिय ध्वजाबाहकको आम्दानीमाथि घाँटी रेटेका पर्यटन मन्त्री सुदन किराँतीले अब विमानस्थल नै भाडामा दिएर करोडौं रुपैयाँ कमिशन सेटिङ गर्न लागेको चर्चा बजारमा व्याप्त छ । यद्यपि सुदन किराँतीले आफू घुस नखाने मन्त्रीको रुपमा समय समयमा चर्चा गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थलबाट विभिन्न नाममा राम्रो आम्दानी गरिरहेका वामदेव गौतम गृहमन्त्री हुँदा ट्रकमा हालेर सुन ल्याउने विवादास्पद व्यापारी दिपक मलहोत्रासँग मन्त्री किराँतीले राम्रै सेटिङ हानेको चर्चा छ ।

मन्त्रालय मातहतमै रहेको नेपाल वायु सेवा निगमको व्यवस्थापन र अवस्था सुधार गर्नुको साटो उल्टै उसको आम्दानी नै खोसेर बन्द गर्ने नियत राखेर मन्त्री किराँती विदेशी वायुसेवा कम्पनीलाई नै फाइदा पुग्ने निर्णयमा हस्ताक्षर गरिसकेका छन् । सरकारी लगानीको कम्पनीको आम्दानी खोस्ने निर्णय गरेपछि हौसिएका उनले अब विमानस्थल समेत व्यापारीसँग मिलेर भाडामा लगाउन पाएको खण्डमा जीवनभर आम्दानी सुनिश्चत गर्ने मुडमा देखिएका छन् ।

नेपाली हवाई कम्पनीहरुलाई इयुले कालो सूचिमा राखेको र त्यसलाई हटाउने सम्बन्धमा उनले यस्तो निर्णय गरेको बताएका छन् । नेपाली आकाशलाई इयुले कालोसूचिमा राखेको इतिहास मन्त्री किराँतीलाई थाहा छैन । पर्यटन मन्त्री लोकेन्द्र बिष्टको पालामा चार वटा साना र दुई वटा एमए ६० चिनियाँ जहाज ल्याउने तत्कालिन सरकारको निर्णयका कारण इयुले नेपाली आकाश कालो सूचिमा राखेको हो । यो विषयको जानकारी नभएको तथा अर्थनीति र कुटनीति नबुझेका मन्त्री किराँतीले नेपाली आकाशलाई इयुको कालोसूचिबाट हटाउन भन्दै प्रम प्रचण्डलाई गलत ब्रिफिङ गरेर नेपाल एयरलाइन्सले पाउँदै आएको ग्राउण्ड ह्याण्डलिङको काम निजि कम्पनीलाई दिने प्रक्रिया अघि बढाएका छन् । संसारका अधिकांश देशहरु (निजि क्षेत्रबाट निर्मित विमानस्थलबाहेक) मा उक्त देशको राष्ट्रिय ध्वजाबाहकले नै ग्राउण्ड ह्याण्डलिङ गर्दै आएका छन् । फेरि अर्को कुरा पूर्ण रुपमा गैरसैनिक विमानस्थललाई मात्रै निजि क्षेत्रलाई ग्राउण्ड ह्याण्डलिङक गर्ने जिम्मा लगाउन सकिन्छ । नेपालको काठमाडौंस्थित विमानस्थल नेपाली सेनाको एयरबेस समेत सोही स्थानमा भएकोले सुरक्षाको दृष्टिले समेत निजि कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ दिन मिल्दैन । तर, दलाल र माफियाको मात्रै कुरा सुन्ने बानी परेका मन्त्री किराँतीले हठात ग्राउण्ड ह्याण्डलिङ निजि कम्पनीलाई दिने निर्णय गरेपछि नेपाल वायु सेवा निगमका कर्मचारीहरु समेत आन्दोलित हुने पुगेका छ्न ।

नेपालको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी लिन भारतीय कम्पनीहरु तयारी अवस्थामा छन् । हाल काठमाडौंस्थित विमानस्थलमा भारतीय सेना हतियारसहित दैनिक रुपमा आइरहेका छन् । एयरमार्शलको रुपमा जनताको मुक्ति युद्ध लडेर आएका मन्त्री किराँती आफ्नो भूमिका विदेशी सेना हतियारसहित दैनिक उत्रने गरेको विषयमा आजसम्म कही कतै पहल गरेका छैनन् । उल्टै भएका संरचना समेत भत्काउने र विदेशी अनि निजि कम्पनीलाई सुम्पने प्रयास गरेर आफैले जनयुद्धप्रति नै उपहास गरिरहेका छन् ।

पर्यटन मन्त्री किराँती ऐतिहासिक रामग्राम क्षेत्र समेत विवादास्पद कालोसूचिका व्यापारी शारदा प्रसाद अधिकारीको प्राईभेट कम्पनीलाई सुम्पन भित्रभित्रै ठूलो मेहनत गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार उक्त विवादास्पद व्यक्ति संलग्न रामग्रामको उद्घाटनको लागि समेत झुक्याएर प्रचण्डलाई बाध्य पार्ने काममा मन्त्री किराँतीकै हात रहेको खुल्न आएको छ ।
मन्त्री किराँतीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई लिए प्रम प्रचण्डसँग भेट गरी जसरी पनि मंसिर २७ गते रामग्रामको प्रमुख अतिथी बन्नुपर्ने भन्दै कर गरेर सहमत गराएको खुलेको छ ।

नेपालमा मन्त्री बन्ने वित्तिकै सुरुमा स्वच्छ र इमान्दार भन्दै कडी कडाऊ गरे जस्तो गर्ने र केही पछि र पुरानो हुँदै जाँदा लामो हात गरेर देशैं बेचौला झै गर्ने प्रवृत्ति मौलाउँदो छ । सो प्रवृत्तिबाट पर्यटन मन्त्री किराँती समेत चोखिन सकेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*