मर्जर प्रस्तावसहित नेपाल फाईनान्सले बोलायो सधारण सभा
२९ मंसिर २०८०, शुक्रबार ०८:३९

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३१ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते शुक्रबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।
सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने, वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल तथा पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते एक दिनका लागि बुक क्लोज गर्नेछ। जसअनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।












