दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

२४ पुष २०८०, मंगलवार १३:००

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको शेयर खरिद–बिक्री सहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायतका मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा दिएका हुन् ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।

खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । उनको कार्यकाल आगामी साउनसम्म रहेको भएतापनि उनी विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि राजीनामा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*