हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बुम-बुम, कारोबार समेत उच्च
१६ माघ २०८०, मंगलवार १२:२८

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेको छ । केहि दिन सुस्त रहेको कम्पनीको सेयर मूल्य पुनः वृद्धि भएको हो ।
यो समाचार तयार पर्दा (१२ः२५ बजे) सम्म कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशतले बढेर ७१२ रुपैयाँ पुगेको हो । कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्म पुगेको हो । कम्पनीको ६ लाख १० हजार २२८ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ५२ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।













