रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले मुलुकको अर्थतन्त्र अघि बढ्न सक्दैनः मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठले रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले देश अघि बढ्न नसक्ने बताएका छन् । नेपाल चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले हामी सबै मिलेर देशको अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका हुन् ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले अघि बढ्न सक्दैन यसले अर्थतन्त्र अघि बढ्छ भनेर नसोचे पनि हुन्छ।’ अब कसिला नीति नियम र कानुन समेत परिमार्जन गर्न सरकार तयार रहेको उनलेको भनाइ रहेको छ ।
‘आर्थिक गतिविधिमा नयाँ फड्को मार्न सकेका छैनन् । नीति नियमसहित अघि बढ्नु पर्छ । सरकारले निजि क्षेत्रलाई प्रोत्साहन गरि अर्थतन्त्र चलायमान बनाउने नीति लिएर आएको छ।’ उनले भने, ‘निजि क्षेत्रले अर्थतन्त्रमा ठूलो भुमिका खेलेको छ । पुँजिगत कार्यन्वयन र व्यापार घाटा कम गर्न तिर ध्यान दिनुपर्ने छ । रोजगारी सिर्जना अब कसिला नीति नियम र कानुन समेत परिमार्जन गर्न सरकार तयार रहेको छ।’
अबको बजेट अर्थतन्त्रमा नयाँ फड्को दिन सक्ने आउनु पर्ने बताएका छन् । उनले भने, ‘मुलुक अघि बढाउनको लागि पुजि निर्माण गर्नु नै हो । सरकार निजि क्षेत्र मिलेर हातेमालो गर्नु पर्छ । सरकार देशको मुख्य आवश्यकतामा इमान्दार छ । अर्थतन्त्रलाई लयमा ल्याएर तिब्रताका साथ अघि बढी रहेको छ । अर्थतन्त्र चलायमान बनाउन सरकार अब केहि समय पछि निजि क्षेत्रलाई छलफलमा आव्हान गर्नेछ।’












