अमेरिकी डलरको मूल्य बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

११ माघ २०८१, शुक्रबार ०७:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार यस दिन एक अमेरिकी डलरको खरिददर १३८.०४ रुपैयाँ र बिक्रीदर १३८.६४ रुपैयाँ तोकिएको छ।

त्यसैगरी आज युरोको खरिददर १४३.७३ रुपैयाँ र बिक्रीदर १४४.३६ रुपैयाँ कायम भएको छ भने पाउण्ड स्टर्लिङको खरिददर १७०.१५ रुपैयाँ र बिक्रीदर १७०.८९ रुपैयाँ तोकिएको छ। स्विस र्फ्यांकको खरिददर १५२.१९ रुपैयाँ र बिक्रीदर १५२.८५ रुपैयाँ, अष्ट्रेलियन डलरको खरिददर ८६.५४ रुपैयाँ र बिक्रीदर ८६.९२ रुपैयाँ तोकिएको छ भने क्यानाडियन डलरको खरिददर ९५.९२ रुपैयाँ र बिक्रीदर ९६.३३ रुपैयाँ तोकिएको छ।

यता सिङ्गापुर डलरको खरिददर १०१.७७ रुपैयाँ र बिक्रीदर १०२.२१ रुपैयाँ, १० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ तोकिएको छ। साउदी रियालको खरिददर ३६.८० रुपैयाँ र बिक्रीदर ३६.९६ रुपैयाँ, कतारी रियालको खरिददर ३७.८६ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, थाई भाटको खरिददर ४.०६ रुपैयाँ र बिक्रीदर ४.०८ रुपैयाँ कायम भएको छ।

यूएई दिरामको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, मलेसियन रिङ्गिटको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ तोकिएको छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ कायम भएको छ। स्विडिस क्रोनरको खरिददर १२.५३ रुपैयाँ र बिक्रीदर १२.५८ रुपैयाँ, डानिस क्रोनरको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ र हङकङ डलरको खरिददर १७.७२ रुपैयाँ र बिक्रीदर १७.८० रुपैयाँ छ।

त्यस्तै कुवेती दिनारको खरिददर ४४७.८३ रुपैयाँ र बिक्रीदर ४४९.७८ रुपैयाँ, बहराइन दिनारको खरिददर ३६६.२६ रुपैयाँ र बिक्रीदर ३६७.८५ रुपैयाँ छ भने ओमानी रियालको खरिददर ३५८.६३ रुपैयाँ र बिक्रीदर ३६०.१९ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*