ट्रम्पले फिर्ता लिए क्यानडा र मेक्सिकोमा आयातकर लगाउने निर्णय

२२ माघ २०८१, मंगलवार ११:०६

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन्। यो निर्णय दुई छिमेकी राष्ट्रले सीमा सुरक्षा सुदृढ गर्न र लागूपदार्थको तस्करी नियन्त्रणमा ठोस कदम चाल्न सहमति जनाएपछि आएको हो।

बीबीसीको रिपोर्ट अनुसार मेक्सिकोले अवैध औषधि ओसारपसार रोक्न सीमा क्षेत्रमा दश हजार सैनिक तैनाथ गर्न प्रतिबद्धता जनाएको छ। त्यस्तै, क्यानडाले लागूऔषध नियन्त्रणको चुनौतीलाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले अमेरिकासँगको वार्तामा हतियार तस्करीलाई सीमित गर्न दुवै देशले साझा प्रयास गर्न सहमति जनाएको उल्लेख गरेका छन्।

यो सहमतिपछि अमेरिकाले कर लगाउने योजना एक महिनाका लागि स्थगित गर्दै सम्बन्धित राष्ट्रहरूको प्रतिबद्धता कार्यान्वयनको मूल्यांकन गर्ने जनाएको छ। यस कदमलाई उत्तर अमेरिकी व्यापार र कूटनीतिक सम्बन्ध सुधारतर्फ सकारात्मक संकेतको रूपमा हेरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*