आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ को विन्दुमा कायम भएको छ। आज २ करोड १५ लाख ८० हजार ११५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यसदिन हाथवे इन्भेष्टमेण्ट, हिमालयन डिष्टिलरी, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलपभमेन्ट, सिद्धार्थ बैंक लिमिटेड र सोलु हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ।











