निरन्तर महङ्गिदै सुनको मूल्य, अब प्रतितोला कति ?
२४ माघ २०८१, बिहीबार ११:०५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन भने सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।













