सरकार ढुङ्गामुडा गरेपछि मात्रै सुन्छः सांसद सुमना श्रेष्ठ
२४ माघ २०८१, बिहीबार १३:४५

काठमाडौँ । प्रतिनिधि सभामा बिहीबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारको अडान र सामाजिक सञ्जाल सम्बन्धी विद्येयकको आलोचना गर्दै कडा धारणा व्यक्त गरेकी छन्।
श्रेष्ठले सरकारलाई ढुङ्गामुडा गरेपछि मात्रै जनताको आवाज सुन्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरिन्। ‘अवाज उठ्दा सरकारले ध्यान दिनुपर्छ। तर पेलेर नै विद्येयक पास गर्न खोज्नु गलत हो। यो प्रवृत्ति निरङ्कुशतर्फ उन्मुख छ’ उनले भनिन्।
सामाजिक सञ्जालको भूमिका युवाहरूका लागि आवाज उठाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उनले सरकारलाई युवाहरूलाई बोल्न दिने वातावरण बनाउन आग्रह गरिन्।













