शिखर नगरपालिकामा गौशाला विवाद समाधान, बिनाडीले नै पाए जिम्मेवारी

२५ माघ २०८१, शुक्रबार १२:३०

काठमाडौँ । शिखर नगरपालिकामा चलेको गौशाला विवाद अन्ततः समाधान भएको छ। बिहीबार भएको छलफलले गौशाला निर्माणको जिम्मा हरिप्रसाद बिनाडीलाई नै दिने निर्णय गरेको वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर मल्लले जानकारी दिए।

यसअघि सोमबार नगरपालिकाले गौशालाका लागि रकम भुक्तानी नगरेको र गोठालो समेत नखोजेको भन्दै बिनाडीले गाईबस्तु ल्याएर नगरपालिकामा छोडेका थिए। यो घटनापछि चौतर्फी आलोचना भएपछि नगरपालिकाले पाँच लाख ८७ हजारको अनुमान तयार गर्दै नयाँ गौशाला निर्माण गर्ने निर्णय गरेको थियो।

समयमै भुक्तानी दिने र निर्माणको जिम्मा बिनाडीलाई नै दिने सहमति भएको अध्यक्ष मल्लले बताए। उनले पाँच महिनाका लागि बिनाडीलाई पाँच लाख रुपैयाँ दिने मौखिक सहमति भएको पनि उल्लेख गरे।

यस सहमतिसँगै विवाद समाप्त भएको र अब गौशाला निर्माण कार्य छिटो सम्पन्न हुने विश्वास गरिएको छ। चौतर्फी आलोचनापछि नगरपालिकाले गौशाला  व्यवस्थापनका लागि सक्रियताका साथ कदम चालेको हो ।

सम्बन्धीत समाचार

शिखरमा गौशाला विवादः उपमेयर जोराद्वारा हरिप्रसाद बिनाडीलाई धम्की, पारिश्रमिक नलिई फिर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*