ओली सरकार अर्को अप्ठेरोमा, अन्ततः अध्यादेश पास नहुने अवस्थामा

२७ माघ २०८१, आईतवार १६:४०

काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकार थप अप्ठेरोमा पर्न गएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी नहुने र कुनै मन्त्री समेत नचाहिने भनेपछि सरकार थप अप्ठेरोमा परेको छ ।

सरकारले संसदमा चार वटा अध्यादेश पेश गरेको छ । संसदमा पेश भएका ति अध्यादेशहरु पास हुनुपर्नेमा प्रतिनिधिसभामा स्पष्ट बहुमत भएपनि राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था छ । त्यसको लागि उपेन्द्र यादव निर्णायक अवस्था रहेका थिए । आज उपेन्द्र यादवले सिंहदरवारमा बसेको संसदीय दलको बैठकपछि घोषणा गरे, ‘सरकारमा जाँदैनौं मन्त्री पनि चाहिएन ।’

उपेन्द्र यादवले सरकारलाई साथ नदिने भएपछि सरकारले संसदमा अध्यादेशमाथि निर्णायक छलफल गर्न कार्यसूचिमा राख्न सकेको छैन । व्यापारी र माफियालाई फाइदा हुने गरी चार वटा अध्यादेश जारी गरेको सरकारले संसदबाट पास नभएमा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हुन्छ । यद्यपि नेपालको राजनीतिमा नैतिकता देख्न नपाइने हुँदा प्रधानमन्त्री केपी ओलीले राजिनामा नगर्न पनि सक्नेछन् । यद्यपि सरकारलाई भने थप अप्ठेरो पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*