बसमा आगलागीपछि राहदानी सेवा प्रभावित, छपाइ र वितरणमा समस्या

५ आश्विन २०८३, सोमबार १६:५१

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा बसमा आगलागी भएपछि राहदानी सेवा प्रभावित भएको छ।

विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर तथा प्राविधिक प्रणाली सञ्चालन हुन नसकेको विभागले जनाएको छ। यसका कारण राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको छ।

छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानी समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ भएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*