टेकुस्थित एक प्लास्टिक गोदाममा आगलागी

५ आश्विन २०८३, सोमबार १८:१६

काठमाडौँ ।  काठमाडौंको टेकुस्थित एक प्लास्टिक गोदाममा सोमबार साँझ आगलागी भएको छ।

गोदाममा आगो लागेपछि घटनास्थलमा प्रहरी र दमकल पुगेका छन्। आगो नियन्त्रणमा लिन दुई वटा दमकल परिचालन गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले गोदामको स्वामित्व र आगलागीको कारणबारे समेत जानकारी प्राप्त भइनसकेको जनाएको छ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*