ओखलढुङ्गामा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा, स्थानीयस्तरमै बीमा सेवा सहज हुने

५ आश्विन २०८३, सोमबार १५:४०

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै ८५औँ शाखाका रूपमा ओखलढुङ्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा कार्यालयको आज एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।

सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले शाखा कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोद ताम्राकार, एनएलजी इन्स्योरेन्सका ब्रान्च कोअर्डिनेटर खड्ग श्रेष्ठ, कोशी प्रदेश प्रमुख सुभाष दाहाल लगायत स्थानीय उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ओखलढुङ्गामा शाखा सञ्चालनमा आएसँगै जिल्लाका नागरिक, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सेवाग्राहीले स्थानीयस्तरमै बीमा सेवा तथा परामर्श प्राप्त गर्न सक्ने भएका छन्।

एनएलजी इन्स्योरेन्सले गुणस्तरीय, सहज र भरपर्दो बीमा सेवा स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित ओखलढुङ्गामा शाखा स्थापना गरिएको जनाएको छ। स्थानीय नागरिक तथा व्यवसायमा आइपर्न सक्ने विभिन्न जोखिमको व्यवस्थापनमा बीमाको पहुँच विस्तार गर्दै योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ।

शाखा उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले जिल्लामा बीमा सेवाको पहुँच विस्तारले स्थानीय व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए।

एनएलजी इन्स्योरेन्सले देशका विभिन्न जिल्लामा शाखा तथा उपशाखा विस्तार गर्दै बीमाको पहुँचलाई स्थानीय तहसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। ओखलढुङ्गा शाखा कम्पनीको शाखा विस्तार अभियानअन्तर्गतको ८५औँ शाखा हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*