बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

१ फाल्गुन २०८१, बिहीबार १४:१५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार गएरातिदेखि नै मर्मत कार्य सुरु गरिएको छ। उनले भने, ‘पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानीको आपूर्ति बन्द गरेपछि हामीले मर्मत कार्य सुरु गरेका छौँ। मर्मत सकिएपछि पानी वितरण पुनः सुरु गर्नेछौँ।’

मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रमा पानीले बाटोहरू मात्र नभई विशेष अदालतसहितका सरकारी कार्यालयमा समेत पसेर क्षति पुर्याएको छ। जलमग्नताका कारण कार्यालयको कामकाज प्रभावित भएको छ भने वरपरको क्षेत्रमा आवतजावतमा समेत कठिनाइ भएको छ।

नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरूलाई भूमिगत बनाउन ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेको हो। भूमिगत तार विस्तारको क्रममा सावधानी नअपनाउँदा मुख्य पाइप फुटेर ठूलो समस्या सिर्जना भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*