पाथीभरामा केबुलबारको समर्थन गर्नेलाई कालो मोसो

४ फाल्गुन २०८१, आईतवार १५:४१

काठमाडौँ । मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको समर्थन गर्ने व्यक्तिलाई कालो मोसो दलिएको छ।  केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।

केबुलकार बनाउनु नपर्ने भन्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूले आफ्नो साथीहरूलाई प्रहरीमार्फत दमन गराएको आरोप लगाउँदै विरोधस्वरूप यस्तो कदम उठाएका हुन्। उनीहरूले केबुलकारको कारण पर्यावरणीय असर पर्ने र सांस्कृतिक सम्पदामा नकारात्मक प्रभाव पर्ने भन्दै निर्माणको विरोध गरिरहेका छन्।

मुक्कुमलुङ क्षेत्रमा केबुलकार बनाउनु पर्ने कि नपर्ने भन्ने विषयमा विवाद चर्किँदै गएको छ। समर्थन र विरोधमा उभिएका समूहहरूबीच धक्का मुक्की र विवादका घटना बढिरहेका छन्। पछिल्लो समय, केबुलकारको विपक्षमा उभिएका समूहले आक्रामक शैली अपनाउँदै विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*