राराको होटलमा भीषण आगलागी, चार भवन जलेर नष्ट

१५ फाल्गुन २०८१, बिहीबार ०९:२३

काठमाडौं । रारा ताल किनारमा रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बुधबार राति होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट भएपछि आगलागी भएको हो।

आगलागीबाट काठका संरचनाले बनेका होटलका भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहायतामा आज बिहान मात्र आगो नियन्त्रणमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुले आगो नियन्त्रणमा आइसके पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ। प्रहरीका अनुसार आगलागीपछि होटलमा रहेका पाहुनाहरूलाई समयमै उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीका अनुसार होटलका पाहुनाहरूलाई नजिकैका अन्य होटल, सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा राखिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*